Logo

मछिन्द्र क्लबले न्यू रोड टिम (एनआरटि) लाई पराजित गर्‍यो


नाइजेरियन फरवार्ड आडेलाजा सोमिडेले अन्तिम मिनेटमा गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लबले न्यू रोड टिम (एनआरटि) लाई १-० ले पराजित गरेको छ ।

खेलकाे तेस्राे मिनेटमा एनआरटीका दर्शन गुरुङकाे प्रहार फितलाे बन्याे । १२ औं मिनेटमा पिटर सेगुनकाे हेडर पाेस्टबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्याे । ३१ औं मिनेटमा रेजिन सुब्बाकाे क्रसमा विशाल राईकाे हेडरले पाेस्टकाे गति लिन नसक्दा मछिन्द्र अग्रता लिनबाट चुक्याे ।

३४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त गरेको फ्रिकिकमा डिफेन्डर देवेन्द्र तामाङकाे प्रहार क्रसबारमा लागेर फर्कदा मछिन्द्रले अग्रता लिने सुन्दर माैका गुमायाे । त्यसमै रेजिन सुब्बा र अभिषेक रिजालकाे प्रयास एनआरटीका गाेलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको इन्ज्युरी समयमा सुजल श्रेष्ठले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अजितले बचाए ।

५३ औं मिनेटमा कप्तान प्रकाश बुढाथाेकीकाे पासमा दर्शन गुरुङले क्रस गरेकाे बललाई तपन कार्कीले गरेकाे प्रहार मछिन्द्रका गाेलरक्षक बिशाल श्रेष्ठले सहजै बचाए । ५७ औं मिनेटमा एडिलाजा साेमिडेकाे प्रहार पाेस्टबाट थाेरै अाकासियाे । ६१ औं मिनेटमा एनआरटीले खेलमा अग्रता लिने सुन्दर माैका खेर फाल्याे । काउन्टर एट्याकमा मैदानकाे मध्यभागबाट अफसाइड बिट ट्याप गर्दै तपन कार्कीले एक्लै बल अघि बढाउदै गरेकाे प्रहार दाेस्राेबारबाट थाेरै बाहिरिन पुग्याे ।

७४ औं मिनेटमा अभिषेक रिजालकाे सशक्त प्रहार एनअारटीका गाेलरक्षक अजित प्रजापतिले पञ्च गरेर बचाए । ८४ औं मिनेटमा अभिषेक रिजालकाे क्रसमा साेमिडेकाे हेडर पाेस्टबाट थाेरै बाहिरियाे । दोस्रो हाफको अन्तिम मिनेटमा सोमीडेले विजय धिमालको क्रसमा हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्