Logo

जनप्रतिनीधि सदस्य थापाको निधन


मन्धुम संवादाता

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालीका वडा नं.११ राजापानीका निर्वाचित सदस्य गोविन्द थापामगरको असमायिक निधन भएको जिल्ला कमिटी सदस्य कुमार वुढाठोकीले बताउनु भयो । नेकपाबाट निर्वाचित थापा वडा कमिटी राजापानीका सदस्य समेत रहेका थिए । उहाँको मृत्यु सँगै उहाँको अन्त्यष्टिको क्रममा प्रदेशसभा सदस्य माननीय उषाकला राईले पार्टीको झण्ड ओढाएर अन्तिम श्रदाञ्जली दिएको कुमार वुढाकोठीले बताउनु भयो ।

थापाले राजापानीका समूदायहरुमा निस्वार्थ भावनाले जनताको सेवामा जहिले सर्मपित भएकाले उहाँ जनताको प्यारो स्थानिय नेता थिए । उहाँको मृत्युले पार्टीको एक गतिला कार्यकर्ता मात्र नभएर स्थानिय राजापानीको अभिभावक समेत गुमाएकोले राजापानीका जनताहरु र नेकपा पार्टीलाई ठुलो क्षति भएको वुढाथोकीले बताउनु भयो । आफ्नो जातिय समूदायहरुको सास्ंकृति चलन अनुसार उहाँको अन्त्यष्टि हिजो नै गरिएका थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्