Logo

बिप्लब पर्ती अझ कठोर बन्न सुरक्षा निकायहरूलाई गृहमन्त्री बादलको कडा निर्देशन


पुस ११, २०७६

 

काठमाडौँ — केन्द्रीय सुरक्षा समिति बैठकले नेत्रविक्रम चन्द समूहविरुद्ध अझ कठोर नीति लिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले चन्द समूहलाई निस्तेज पार्न सशक्त कारबाही थाल्न भनेको छ ।

बैठकमा नेपाली सेनाका रथी शरद गिरी, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारी सम्मिलित थिए । ‘चन्द समूहका नेता–कार्यकर्ता पक्राउ परेपछि उसले आफ्ना हिंसात्मक गतिविधिलाई सक्रिय बनाउन रणनीति परिवर्तन गर्न सक्छ, यसप्रति सचेत हुन आवश्यक छ,’ बैठकमा व्यक्त गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चन्द समूह शान्तिपूर्ण र मूलधारको राजनीतिमा रूपान्तरण हुनुको विकल्प छैन, यो विकल्पमा नआए कारबाही भोग्न तयार हुनुपर्छ ।’ सरकारले ०७५ फागुन २८ गते चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएयता सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित केन्द्रीयदेखि स्थानीय स्तरसम्मका थुप्रै नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्