Logo

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा गर्ने बहुमत कार्यसमितिको निर्णय; पौडेल पक्षले निर्णयका सन्दर्भमा शनिबारमात्रै प्रतिक्रिया दिने


काठमाडौँ — नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले जानकारी दिइन्

‘पार्टीको १४ औं महाधिवेशन २०७७ फागनु ७ देखि १० गतेसम्म गर्ने केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको छ,’ उपाध्यायले इकान्तिपुरसित भनिन, ‘बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने निर्णयसमेत गरेको छ।’

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो।

१३ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी फागुनमा सकिँदैछ। पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कार्यसमितिको म्याद एक वर्ष थप्न सक्ने उल्लेख छ।

उपाध्यायका अनुसार बैठकले पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने निर्णय गरेको छ। उपाध्यायले विभागको संख्या अझै थपिने बताइन्।

तरुण दलको म्याद ६ महिना थप्ने निर्णय पनि बैठकले गरेको छ।

नेता पाैडेल पक्षले महाधिवेशनकाे कार्यतािलका ल्याउन माग गर्दै मंसिर २६ गतेबाट सुरु भएकाे बैठक बहिष्कार गर्दै आएकाे थियाे।महाधिवेशनकाे मिति ताेक्ने एजेण्डा भएपनि पाैडेल पक्ष शुक्रबारकाे बैठकमा सहभागी भएन।

पाैडेल पक्षले भने संस्थापनले बहुमतबाट गरेकाे निर्णयबारे शनिबार समूहकाे बैठक बसेर धारणा सार्वजनिक गर्ने बताएकाे छ। पाैडेल पक्षीय केन्द्रीय सदस्य हृदयराम थानीले बैठककाे निर्णयका सम्बन्धमा शनिबार बैठक बसेर कसरी अगाडि बढ्ने भनेर निष्कर्षसार्वजनिक गर्ने बताए। उनले भने, ‘भोलिबैठक बसेर मात्रै संस्थापनले बहुमतले गरेको निर्णयका सन्दर्भमा हाम्रो धारणा सार्वजनिक गर्छाैं ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्