खिम्ले दरवार संरक्षण गरिने
मुन्दुम संवादाता
खोटाङ।वि.सं. १८३० सम्म खोटाङ जिल्लामा पनि धेरै ससाना राज्यहरु, थुम र गडीहरु रहेका थिए । जसमा हलेसी तुवाचुङ नगरपालीका ५ हात्तिढुंगेमा किराती राजा होलैसुङ राजाको दरवार रहेको पुर्खाहरु बताउनु हुन्छ । केही वर्ष सम्म समेत दरवारको भग्नावशेष रहेको तर त्यसलाई संरक्षण नगर्दा सबै अवशेषहरु पनि हराइ सकेको स्थानिय होलैसुङका सन्तानहरुले बताए ।
इतिहास संरक्षण हुनु भनेको समूदायको पहिचान स्थापित गर्नु हो । साथै पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षण र पुर्खाहरुको नासो संरक्षण पनि हो । यसकारण करिब ४०० वर्ष पछाडी हालैसुङका सन्तानहरुले आफ्ना पुर्खाले संचालन गरेको राज्यको भग्ना अवशेषलाई उत्खनन् गर्दै भावी दिनमा यसलाई ऐतिहासिक स्थलको रुपमा स्थापना गरिने मुन्दुवविद भोगीराज चाम्लिङले बताउनु भयो ।
सोही योजनामुताविकहालेसुङका सन्तानहरुले पौष ४ गतेका दिनखिम्ले दरवारको भग्नाअवशेष रहेको स्थलअलोकन भ्रमण गरिएको छ ।
उक्तखिम्ले दरवार रहेको क्षेत्रलाई हाल तारवार घेरावार गर्न आवश्यक स्थानिय सरकारसँग समन्वय गरिने सामाजिक अभियान्ता भुपेन्द्र कुमार राईले बताए ।
अवलोकन भ्रमणमा हालैसुङका सबै पाछाहरुको वाक्लो उपस्थिति रहेको थियो ।