Logo

रेणुका दाहालले उपेन्द्र यादवलाई राजीनामा दिनु बाद्धय बनाईन


संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिनुको मुख्य कारण संविधान संशोधन भनिए पनि त्यो नै मुख्य कारण होइन ।

मंगलबार बसेको संसदीय दलको बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी भएको केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो विवाद सुरु भएको सुनाए ।

स्वास्थ्य मन्त्रालयमा गर्ने हरेक काममा प्रधानमन्त्री ओलीले हस्तक्षेप गर्ने गरेको, सही तरिकाले कहिल्यै आफूलाई काम गर्न नदिएको उनले आफ्ना पार्टीका सांसदलाई सुनाएका थिए ।

सचिवदेखि साना नियुक्तिमा पनि प्रधानमन्त्री ओली आफैँ हस्तक्षेप गर्ने गरेको र जहिले भेट हुँदा ‘यो भएन, त्यो भएन, काम राम्रो भएन’ भन्नेजस्ता गुनासो गरिरहने भएकाले आफूहरुको दुरी बढ्दै गएको कुरा उनले बैठकमा सुनाएका थिए । सरकारले गरेका कुनै पनि राजनीतिक नियुक्तिमा समाजवादी पार्टीलाई नसोधेको गुनासो पनि अध्यक्ष यादवले बैठकमा गरे ।

सत्ता साझेदार दलका कारण नेकपाले गर्ने हरेक नियुक्तिमा सल्लाह गर्नुपर्ने थियो, तर राजदूत नियुक्तिदेखि लिएर आयोगका पदाधिकारी नियुक्ति लगायतमा साझेदार दलसँग कुनै सल्लाह गरेको थिएन । एकतर्फी नियुक्ति गर्दै गएको र त्यसले झन् आफूहरुको बीचमा दुरी बढ्दै गइरहेको यादवले संसदीय दलको बैठकमा सुनाएको एक सांसदले बताए ।

आफू देश बाहिर भएको बेलामा मन्त्री हेरफेर गर्दा आफूसँग कुनै सल्लाह नगरिएको, मन्त्रालय हेरफेरमात्र होइन, एकजना राज्यमन्त्री समेत निकालेर पार्टीलाई अपमान गरिएको गुनासो उनले बैठकमा गरेका थिए ।

‘त्यसका बावजुद पनि सरकारमा बसिरह्यौँ,’ उनले आफ्ना सांसदहरुलाई भने, ‘यतिका टसल चले पनि संविधान संशोधनका लागि सरकारमा बसिरहेका थियौँ तर सोमबार प्रधानमन्त्रीले जे व्यवहार गर्नुभयो, त्यसले गर्दा त्यहाँ नैतिकताका आधारमा बस्न उचित नलागेर राजीनामा दिएँ ।’

यादवले मन्त्रिपरिषद बैठकमा आफूले लगेको प्रस्तावबारे संसदीय दलको बैठकलाई जानकारी गराउँदै भने, ‘संविधान संशोधन तत्काल गरिहालौँ भनेको होइन, त्यसको बारेमा छलफल गर्न विज्ञ टोली बनाउन मात्र भनेको थिएँ तर त्यो पनि प्रधानमन्त्रीलाई स्वीकार भएन ।’

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सरकारबाट राजीनामा दिनुको मूख्य कारण नै संविधान संशोधन रहेको बताए । अध्यक्ष यादवले पनि आफ्नो राजीनामा पत्रमा मुख्य रुपमा त्यही उल्लेख गरेको बताउँदै उनले भने,

‘प्रधानमन्त्री ओलीले सरकारमा रहेका मन्त्रीसँग कस्तो व्यवहार गर्छन्, त्यो कसैबाट लुकेको कुरा होइन ।’ आफ्नो पार्टीले संविधान संशोधनकै मुद्दामा सरकार छाडेको उनले बताए ।

रेणुका कारण राजीनामा
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मंगलबार नै राजीनामा दिने पक्षमा थिएनन् । उनले पदाधिकारी बैठकमा छलफल गर्ने अनि त्यसपछि संसदीय दलको बैठकबाट छलफल गराएर मात्र राजीनामा दिने तयारीमा थिए । र, त्यही अनुसार कुराकानी अगाडि बढिरहेको थियो ।

मंगलबार बिहान पार्टी कार्यालयमा पदाधिकारीको बैठक बोलाइएको थियो । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीबाट भएको व्यवहार र प्रस्ताव अस्वीकृतको बारेमा छलफल गर्न पदाधिकारीको बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले प्रस्ताव अस्वीकृत गरेपछि एकपटक नेकपासँग पनि छलफल गर्ने सोच उपेन्द्र यादवका थियो । तर बैठकमै पार्टीकी उपाध्यक्ष रेणु यादवले प्रधानमन्त्री ओली दुवैजना मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा रहेको सुनाएपछि अध्यक्ष यादवले हतार हतारमा राजीनामा दिएका थिए ।

पदाधिकारी बैठक सकेपछि संसदीय दलको बैठक बस्ने भनि त्यहाँबाट सांसदहरु सिंहदरवारका लागि हिँडेका थिए तर सिंहदरवार आउँदा आउँदै उपेन्द्र यादवले राजीनामा दिएको कुरा उनीहरुले थाहा पाएका थिए ।

एकजना पदाधिकारीले भने, ‘संसदीय दलको बैठकपछि मात्र राजीनामा दिने कुरा थियो, त्यसअघि नै कसरी राजीनामा दिनुभयो, थाहा भएन ।’

संसदीय दलको कार्यालयमा दलको बैठक तयारी चलिरहको बेला शहरी विकास मन्त्री इस्तियाक राइको राजिनामापत्र त्यहीँ तयार भएको थियो । र, उनले हतार हतारमा हस्ताक्षर गरेर आफ्ना स्वकीय सचिवमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामापत्र पठाएका थिए ।

उपेन्द्र यादवको राजीनामा आइसकेपछि मात्र राइले हतार हतारमा राजीनामा पत्र तयार गरेर हस्ताक्षर गरि पठाएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्