Logo

हालैसुङ चौतारी निर्माण कार्य सम्पन्न


मुन्दुम संवादाता

खोटाङ ।२२ से २४ से राज्य रहेको बखतमा हालैसुङगडी अर्थात हालैसुङ राजाले समेत राज्यको गरेको इतिहास ताजै छ । करिब ४०० वर्ष पुरानो इतिहास, सरकारको संरक्षणको अभावमा भग्नाशेष समेत नभएको अवस्था हुँदा होलैसुङका सन्ततीहरु चिन्तित अवस्थामा छन् ।

होलैसुङका १० भाई सन्तानहरु मध्ये साइला जितराजाहौंछा पृथ्वी नारायण साहको आक्रमणको क्रममा उक्त स्थान नै छोडेर गएको बाहेक हाल उक्त क्षेत्रमा ९ पाछाहरु रहेका छन् । राज्य संचालन गर्नु आफैमा इतिहास हो । जसको संरक्षण र सम्वद्र्धन गर्नु त्यो समूदायको मात्रनभएर राज्यको नै हो ।

तर राज्यले वेवस्ता गरेको कारण इतिहास समाप्त भएको छ । यसकारण आफ्नो पुर्खाको नासो, इतिहासलाई उत्खनन् गर्दै, संरक्षण र सम्वद्र्धन गर्न होलैसुङ चौतारी निर्माण गरिएको संयोजक भुपेन्द्र कुमार राईले बताउनु भयो ।

हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ छापडाँडामा अवस्थित उक्त चौतारीमा १० भाईहरुको पाछा उल्लेख सहितको चौतारी निर्माण गरिएको राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्