Logo

तीस मिनटमै टुङ्गियो युवा एकता


मुन्दुम संवादाता

खोटाङ। नेकपाको सहायक संगठन राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया तिब्रगतिमा अगाडी बढीरहँदा  प्रदेश नम्बर एकअन्र्तगत   उदयपुर जिल्लाको एकता सकिए सँगै खोटाङ जिल्लाको समेत टुङ्गिएको संयोजक रसकुमार राईले बताए । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यतथा नेकपा पार्टी खोटाङ जिल्ला सचिवालय सदस्य दिलचक्र राईको प्रमखु आतिथ्यमा सम्पन्न भएको उक्त छलफल वैठकमा साविक युवा संघको तर्फबाट दिलचक्र राई, रमेश तिवारी, दिनेश राई, विनोद राई (संसार), साविक युवा संघका केन्द्रिय सदस्य सुरेन्द्र कुमार राई र हाल जिल्ला संयोजक रसकुमार राई रहेका थिए ।

यसैगरी साविक  वाईसियल नेपालको तर्फबाट केन्द्रियसदस्य राजु बिक्रम चाम्लिङ, साविक वाईसियल अध्यक्ष मिलन राई र हालको सहसंयोजक शरद राई रहेका थिए । छलफल वैठक शुरु भएको करिब आधा घन्टामा सबै निर्णय उच्चतथा सौहार्दपुर्ण रुपमा सकेको सहसंयोजक शरद राईले बताउनु भयो ।

एक संघिय निर्वाचन क्षेत्र भएको खोटाङमा ६१ सदस्यजिल्ला कमिटीमा संयोजक सहित साविक युवा संघले ३२ जना (५२%) र सहसंयोजक सहित साविक वाईसियल नेपालले २९ (४८%)जना रहनेगरी टुङ्गिएको बताए ।

जसमा १० पालीकाहरुमा एक नगर सहित ५ पालीका युवा संघ र एक नगर सहित ३ पालीका  वासियलको अध्यक्ष रहने, साथै एक नगर सहित ५ पालीकामाइन्चार्ज साविकवाईसियलले र एक नगरपालीका सहित ३ पालीकामा इन्चार्ज युवासंघ रहने सहमति भएको सहसंयोजक राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्