Logo

हालेसुङ पार्कमा साकेला सुरु


मुन्दुमस्टार संवादाता

खोटाङ। बाईसे, चौबिसे राज्यहरु पृथ्वी नारायण साहले आक्रमण गरी विजय गरेपश्चात हालैसुङ राजाहरु लगायत सबै राजाहरुको राजगडी, इतिहास, दरवार, संस्कृति सबै ध्वस्त भएर गए । राज्यले कुनै पनि गडीहरुको संरक्षण गरेन । साथै होलैसुङ राजाका सन्ततीहरुले आफ्नो महान चाडको रुपमा मनाउँदै आएको साकेला समेत पछिलो सन्ततीहरुले मनाउन छाडे ।

तर २१औं शताब्दीको विकाससँगै होलैसुङका सन्ततीहरुमा समेत चेतनाको विकास हुँदै आफ्ना पुर्खाहरुको इतिहास खोज अनुसन्धान गर्दै, संस्कृतिहरुको संरक्षण गर्नतिर लागी परिरहेका छन् । यसै क्रममा होलैसुङ पार्कको स्थापनासँगै उक्त स्थल साकेला (धिरिनाम) उधौलीको अवसर पारेर साकेला चाड मनाउँन सुरु गरिएको छ ।

किरातीहरुको पुर्खाको रगत नासोको रुपमा साँस्कृतिक रुपमा स्थापित तीनचुलाको पनि स्थापना गर्दै उक्त तीनचुलामा पुजा समेत गर्न थालिएको छ । चाम्लिङ धामी (नछुङ) कुम्भा राईले तीनचुलामा पुजा मुन्दुवी गाउँदै शुरु गरिएको पुजा कार्यक्रमसँगै साकेला नाच थालेर होलैसुङ पार्कमा हरेक वर्ष उभौली (धिरीनाम) र उधौली (छिरीनाम) को अवसर साकेला पुजा र नाच गरिने स्थानिय प्रदिप राईले बताए ।

साकेलाको प्रथम पटक खासै स्थानिय समूदायहरुमा सुचना नभएता पनि ७ टोलभन्दा बढी गाउँहरुबाट सोकला टोली आएर साकेला प्रदर्शन गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्