Logo

होलैसुङ वंशावलीको वैठक उपसमितिसँग सम्पन


मन्दुम संवादाता

खोटाङ । मौखिक रुपमा मात्र रहेको होलैसुङ वंशावली, हरेक क्षण लोप हुँदै गइरहेको हुनाले होलैसुङ राजाका सन्ततीहरुको वंशावली तयार गर्न २०७५ साल श्रावण ०४ गते होलैसुङ वंशावली संकलन समिति तयार गरिएको समितिका अध्यक्ष भुपेन्द्र कुमार राईले बताए ।

 

४०० वर्ष अगाडी होलैसुङले राज्य संचालन गरेता पनि हाल, होलैसुङका सन्तानहरु र होलैसुङ गडी क्षेत्रमा बसोबास गर्ने सबै समूदायहरु राज्यको स्रोत साधनहरुबाट सिमान्तकृत अवस्थामा रहेका छन् । यसैगरी केन्द्रिय राज्यसत्तामा पनि सिमान्तकृत अवस्थामा नै रहेका छन् ।

यसकारण राजाको सन्ततीहरुको रगतको नातालाई दस्तावेजीकरण गर्न होलैसुङ वंशावली संकलन समितिले हालेसुङका सबै पाछाहरुको व्यापक उपस्थितिका साथ २०७५ साल चैत्र २० गते ९ उपसमितिहरु हलेसी तुवाचुङ नगरपालीका वडा नं.७ स्थित महादेव स्थानमा गठन गरिएको थियो ।

उक्त उपसमितिको पछिल्लो गतिविधि र प्रगति विवरण साथै भावी कार्यनीति बारेमा कन्द्रिय समितिको वैठक उपसमितिसँग हलेसी तुवाचुङ नगरपालीका वडा नं.५, दुर्छिम स्थित होलैसुङ चौतारीमा ०७६ पौष ४ गतेका दिन सम्पन्न गरेको सचिव राजु बिक्रम चाम्लिङले बताए ।

वैठकले आगामी ०७६ चैत्र सम्ममा सबै घरधुरी संख्या र जनसंख्या संकलन गरिसक्ने निर्णय गरेको चाम्लिङले बताए । यसैगरी डाटा संकलनको क्रममा केही मसलन्द खर्चहरुको आवश्यकता पर्ने हुनाले हरेक पाछाहरुलाई रु.५०००। (अक्षेरुपी पाँच हजार मात्र) का दरले उपलब्ध गराइएको उपाध्यक्ष भोगीराज चाम्लिङले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्