Logo

एक सय बाईसजना चिनियाँ नागरिकलाई पक्राउ


शङ्कास्पद गतिविधि सञ्चालन गरेको आशङ्कामा पक्राउ परेका चिनियाँ नागरिकको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधिको बारेमा अनुसन्धान सुरु भएको बताउनुभयो ।

काठमाडौँका बिभिन्न सात ठाउँमा छापा मारेर प्रहरीले हिजो १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सिङ्गो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो ।

समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका थिए । सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त छापा मारेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकले सूचना प्रविधिको क्षेत्रमा मजदुरको रूपमा काम गर्ने गरेको प्रारम्भीक वयान दिएका छन् । उनीहरूलाई पक्राउ गर्न चीनबाट नै सुरक्षा अधिकारी नेपाल आएको बुझिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्