Logo

माेदीले हार स्वीकार्दै भने ‘जनमतकाे कदर गर्छु’


भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा नराम्रो हार ब्यहोरेको छ। झारखण्ड भारतको राज्य बनेको १९ वर्षमा अधिकांश समय भारतीय जनता पार्टीले सत्ता सम्हालेको थियो।

उसले यसपटक भने नराम्रो सँग हार व्यहोरेको छ। निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय कांग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सीटमध्ये ४६ स्थानमा जीत दर्ता गरेका छन्। जसमध्ये झारखण्ड मुक्ति मोर्चाले ३० सिट जितेको छ भने भारतीय कांग्रेस पार्टीले १६ स्थानमा जीत दर्ता गरेको छ।

भाजपा भने २५ सीटमा समेटिएको छ। सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र भाजपाका हार भएकोभारतीय सञ्चारमाध्यमले जनाएको छन्।

झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास पनि हारेका छन्। भाजपाले झारखण्डमा अपेक्षाकृत मत नपाउनुलाई मुसलमान समुदायको विरोधी भएको दावी गरिने नागरिकतासम्बन्धी नयाँ कानूनले प्रभाब परेको आ’लोचकहरूले बताएका छन्।

विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झ’डपहरूमा भारतमा कम्तीमा २० जनाको मृ’त्यु भएको छ। यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा विधान सभा निर्वाचनमा निकै कमजोर देखिएको छ।

भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधान सभा चुनावमा पनि बहुमत गुमाएको थियो। त्यस्तै क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि भाजपाले महाराष्ट्रमा सरकार बनाउन सकेको थिएन।

प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्ड मु’क्ति मो’र्चा र उनको गठब’न्धनलाई बधाइ दिँदै शुभकामना दिएका छन् । मोदीले सेवा गर्ने मौका दिएकोमा आभार व्यक्त गर्दै आउँदा दिनमा स्थानीय मुद्दालाई उठाउने वाचा गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्