Logo

भारतको कानुनप्रति ६० वटा मुस्लिम देशहरू चिन्तित


रियाध । इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी) ले भारतमा ल्याएइएको नागरिकता संशोधन कानुनप्रति चिन्ता व्यक्त गरेको छ । सो संगठनका महासचिव युसुफ बिन अहमद बिन अब्दुल रहमानले वक्तव्य जारी गरी भारतमा भइरहेका गतिविधिमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

६० वटा मुस्लिम देशहरू सदस्य रहेको ओआईसीले वक्तव्यमा भनिएको छ, ‘‘भारतको हालैको घटनाक्रमलाई हामीले नजिकबाट नियाली रहेका छौं । कतिपय कुरा यस्ता भएका छन् जसबाट अल्पसंख्यक प्रभावित भएका छन् । नागरिकताको अधिकार र बाबरी मस्जिद प्रकरणलाई लिएर हाम्रो चिन्ता छ । हामी फेरि पनि यो कुरा दोहोर्‍याउन चाहन्छौं कि भारतमा मुसलमान र उनीहरूको पवित्र स्थलको सुरक्षा सुनिश्चित होस् ।’’

ओआईसीले संयुक्त राष्ट्र संघको सिद्धान्त र दायित्वअनुसार बिना कुनै भेदभाव अल्पसंख्यकको सुरक्षा हुनु जरुरी छ । यदि यो सिद्धान्त र दायित्वको उपेक्षा भएमा पूरै क्षेत्रको सुरक्षा र स्थिरतामा गम्भीर प्रभाव पर्नेछ ।’’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्