व्यवसायीले आम्दानीको ३५ प्रतिशत रकम घुस दिनुपर्ने तथ्य बाहिरयो

निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशत रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ।
नेपाल उद्योग परिसंघले एक हजारभन्दा बढी उद्योगीहरुमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनुपरेको भेटिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
‘कतिपय अवस्थामा निजी क्षेत्रले ५७ प्रतिशतसम्म घुसमा खर्च गर्नुपरेको भेटियो,’ नेपाल उद्योग परिसंघका बैंकिङ तथा नियमन समितिका सदस्य अनलराज भट्टराईले भने।
उद्योग व्यवसायको दर्ता प्रक्रियादेखि नै घुस तथा टिप्स नदिई कामै नबन्ने परिपाटी सुरु भइरहेका तहमा पैसा दिर्नैपर्ने वातावरण डरलाग्दो रुपमा फस्टाउँदै गएको निजी क्षेत्रको गुनासो छ।