Logo

निजगढ विमानस्थल बनाउन रुख नकाट्नू- सर्वोच्च अदालत


सर्वोच्च अदालतले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल बनाउन रुख काट्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले विमानस्थल निर्माणका क्रममा रुख काट्ने काम तत्काल अगाडि नबढाउन आइतवार अन्तरिम आदेश दिएको हो ।

विमानस्थल निर्माणका क्रममा आवश्यकता भन्दा बढी रुख काट्न लागिएको र त्यसले वातावरणीय असर गर्ने भन्दै रञ्जु पाँडे क्षेत्री लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा सुनुवाई गर्दै अदालतले तत्काल रुख काट्ने कार्य रोक्न भनेको हो । सर्वोच्चको यो आदेशसँगै विमानस्थल निर्माणको काम प्रभावित हुने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!