Logo

संकटाको रोमान्चक जित (भिडियो सहित)


काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए । उनले कप्तान अमित तामाङको क्रसलाई सदुपयोग गरेका थिए । फरवार्ड कर्ण लिम्बुलाई अनुबन्ध गर्दै मैदान उतारेको संकटाले पहिलो हाफमा उत्कृष्ट खेल पस्किएको थियो । एक गोलसहित केहि उत्कृष्ट अवसर समेत सिर्जना गरेको थियो ।

यस्तै एनआरटीले पनि पाएको अवसरमा गोल गर्न सकेन् । खेलको २५ औं मिनेटमा एनआरटीले दुई अवसर खेर फालेको थियो । राजेश परियार र दर्शक गुरुङ डिबक्स भित्रबाटअनमार्क रहदा समेत गोल गर्न सकेनन् ।

दोस्रो हाफमा एनआरटीले संकटाविरुद्धको आक्रमणलाई तिब्र बनायो । तर, गोल गर्न भने सकेन । ६८ औं मिनेटमा दर्शन गुरुङले डिबक्स बाहिरबाट गरेको कडा प्रहार संकटाका किपर विनय श्रेष्ठले मुश्किलले बचाए । त्यसअघि दर्शन वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।

लगत्तै पाएको कर्नरमा एनआरटीका आन्द्रे थेरीको हेड पनि विनयले बचाए । यस्तै ८० औं मिनेटमा जोर्डन एनडिम्बा ओवानाको गोल अफसाइड हुँदा एनआरटी बराबरी फर्काउन असफल भएको थियो । संकटाले पनि दोस्रो हाफमा केहि उत्कृष्ट सिर्जना गरेको थियो । खेलको ४७ औं मिनेटमा मेसुके ओलुमौको प्रहार एनआरटीका कप्तान प्रकाश बुढाथोकीले गोललाइनबाट क्लियर गरेका थिए । उक्त रिबाउन्ड बललाई राजेन्द्र रावलले पुनः प्रहार गर्दा पुनः एरिक बिष्टले गोललाइनबाट बल क्लियर गरेका थिए ।

यस जितसँगै संकटाले लगातार दोस्रो सिजन एनआरटीलाई हराउन सफल भएको छ । गत सिजन संकटाले एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो । जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ । संकटा पहिलो खेलमा च्यासलसँग २-० ले पराजित भएको थियो । एनआरटीको यो पहिलो हार हो । पहिलो खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्