Logo

दाहाल पत्नी सितालाई उपचारको लागी बाबा रामदेबको आश्रम पुर्याईयो


पुस ४, २०७६

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा लगिएको छ । सीतालाई यसअघि उपचारका लागि अमेरिका लगिएको थियो ।

सीताको उपचारका लागि रामदेव आश्रम पतञ्जली योगपिठ लगिएको जानकरी छोरी गंगा दाहालले सामाजिक सञ्जालबाट गराएकी छिन्। सीताको उपचारका लागि पूर्वमन्त्री मातृका यादव र उनकी पत्नी पनि सँगै गएका छन्। बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्बिर पनि उनले सामाजिक सञ्जालमा राखेकी छन्।

सीता लामोसमय देखि प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पिडित छिन्।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्