Logo

जीप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु


यात्रुबाहक जीप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए ।

मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए ।  खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्