Logo

राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच सहकार्य गर्ने सहमति


काठमाडौं- सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा)बीच दुई बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो।

राष्ट्रियसभा निर्वाचनमा नेकपाले प्रदेश २ मा राजपालाई सघाउने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा नेकपाका तर्फबाट प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा राजपाका तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ। त्यस्तै दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने सहमति पनि भएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्