Logo

सरकारी कार्यालयमा कर्मचारी हाजिर गर्छन् र टाप कस्छन्


देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत् नै रहेको छ ।

कर्मचारी वृत्तमा यस्तो प्रवृत्तिलाई हाटा प्रवृत्ति भनेर व्यंग्य गर्ने गरिएको छ । हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र आफ्नै व्यक्तिगत काममा टाप कस्ने प्रवृत्ति हो ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले संघीय मन्त्रालय, विभाग, अस्पताल, विभिन्न कार्यालयदेखि वडा कार्यालयसम्म गरेको अनुगमनबाट अझै पनि धेरै कर्मचारी कामचोर प्रवृत्तिकै रहेको देखाएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्