संस्कृतिहरु लोप हुने अवस्थामा साकेलायुवा मोह
मान्सुङ चाम्लिङ
खोटाङ- आज २१औं सताब्दीको विश्व अत्याधुनिक विकासको क्रमलाई नेपाली समाजले पनि पछ्याउँदै जाने नै भयो । नेपाली संस्कृतिहरुलाई युवा पिढिंहरुले विर्सिदै गएको प्रत्यक्ष अनुभव गर्न सक्छौं । तर किरातीहरुको चाड उभौली (धिरिनाम) र उधौली (छिरिनाम) चाडहरु भने युवाहरु माझ अझलोक प्रिय बन्दै गइरहेको छ । यसैको प्रभाव स्वरुप उधौलीको अवसरमा किरात राई यायोक्खा प्राकस खोटेहाङ१ लिकुवापोखरीको आयोजनामा साकेला सिली प्रतियोगिता भव्य रुपमा सम्पन्न गरिएको छ । उक्त प्रतियोगितामा ५ टिमको सहभागीता रहेको थियो ।
प्रतिष्पर्धा भन्दा पनि हौसला स्वरुप पुरस्कारको व्यवस्थापन गरिएको साकेला सिली प्रतियोगितामा प्रथम हौसलाको रुपमा रु.१०,०००।- जनज्योती साँस्कृतिक युवा क्लव, खोटेहाङ २, वाप्लुखाबोलम्बुले, द्धितिय पुरस्कार हौसलाको रुपमा रु.७,०००।- सावा साकेन्वा खोटेहाङ ३ ले र तृतीय हौसलाको रुपमा रु.५,०००।- खिम्दुङ कल्याणकारी समाज जिकास खोटाङले प्राप्त गरेको मैया राईले बताइन । किरात राई विद्यार्थी संगठनका केन्द्रिय सचिब दिपेन थुलुङ राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा किरात राई यायोक्खा प्राकस खोटेहाङ १ लिकुवाका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको बलिरमण राईले बताए ।
संस्कृति, चाड पर्वहरु मनाउनु भनेको आफैमा समाजको पहिचानलाई थप स्थापितगर्दै समूदायको अस्तित्वको रक्षा गर्नु हो । त्यति मात्र नभएर संस्कृति संरक्षण गर्नु भनेको हरेक हिसाबले राष्ट्रको सम्पत्तिको रक्षा गर्नु पनिहो । उधौलीको अवसरमा साकेलालाई अझयुवाहरु माझ लोकप्रियताका सफल रुपमा प्रतियोगिता सम्पन्न गर्नु ज्याँदै खुशीको कुरा । आगामी दिनहरुमा पनि संस्कृतिको संरक्षण गर्ने अभियान संचालनगर्दै किराया प्राकस अगाडी बढ्न सफल रहोस हार्दिक शुभकामना छ ।