युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। सोमबार भएको ड्र अनुसार जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुनेछ।

यसैगरी स्पेनिस महारथी रियल म्याड्रिडले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्नेछ। यस्तै एटलान्टा र भ्यालेन्सियाबीच अर्को खेल हुँदा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र साविक विजेता लिभरपुलबीच भिडन्त हुनेछ।

चेल्सी र वायर्न म्युनिखले पनि अन्तिम ८ मा स्थान बनाउन खेल्नेछन्। लियोन र युभेन्ट्सबीच अर्को भिडन्त हुनेछ। टोटनह्याम र लेइपजिगले एकआपसमा भिड्दा नापोली र बार्सिलोनाबीच प्रतिस्पर्धा हुनेछ।

मार्च १८ मा अन्तिम १६ का खेल सकिनेछन्। त्यसपछि मार्च २० मा क्वार्टरफाइनल, सेमिफाइनल र फइनलको ड्र हुनेछ। यसपटकको च्याम्पियन्स लिगको फाइनल आगामी ३० मेमा टर्कीको इस्तानबुलमा हुने तय छ।