किन पशुपतिनाथ मन्दिरभित्र मोबाइल लान निषेध ?
पशुपतिनाथ मन्दिरभित्रको ग’र्भगृहस्थित मुख्य शिवलि’ङ्गको तस्बिर गत साता सामाजिक सञ्जालमार्फत् केही व्यक्तिहरूलाई पठाइएपछि वि’वाद उत्पन्न भएको छ।
नियमानुसार पशुपतिनाथ मन्दिर परिसरभित्र तस्बिर खिच्न पाइँदैन। उक्त तस्बिर पशुपति क्षेत्र विकास कोषका एक नवनियुक्त पदाधिकारी पनि सदस्य रहेको एउटा ह्वाट्सएप समूहमा प्रसार गरिएपछि कतिपयले उनलाई पशुपतिनाथको गरिमा घटाएको आ’रोप लगाएका छन्।
कोषका सदस्य अर्जुनप्रसाद बास्तोलाले आफूमाथि लागेको आ’रोपको खण्डन गर्दै “आफूलाई बदनाम गर्न केही व्यक्तिहरूले च’रित्रह’त्या गर्न खोजेको” दाबी गरेका छन्।
विवाद के हो?
गत साता “पशुपति सन्त सम्मेलन” नामक एउटा ह्वाट्सएप समूहमा पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर पठाइपछि विवाद सुरु भएको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार उक्त समूहमा पशुपतिनाथ मन्दिर र धार्मिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू रहेका छन्।
त्यो तस्बिर उक्त समूहमा रहेका व्यक्तिहरूले देखेपछि कतिपयले निषेधित क्षेत्रभित्र तस्बिर खिचेर गु’ह्य साधना गरिने स्थलको अनादर गरेको भन्दै आ’पत्ति जनाएका थिए।