Logo

अख्तियारका कर्मचारी नै धमाधम भ्रष्टाचार मुद्दामा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राज नारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।

पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार का’ण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् ।

अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रं’गेहात पक्राउसमेत परेका छन् ।

अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । यी घटनाले कतै अहिले पनि अख्तियारमा रहेका त्यस्तै, भ्रष्ट कर्मचारीले ‘बा’र्गेनिङ’ गर्दै घुस त लिइरहेका छैनन् भन्ने आशंका सिर्जना गरिदिएको छ ।

विगतमा अख्तियारमै बसेर गएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल घुस प्रकरणमा मुछिएपछि हाल अख्तियारको अनुसन्धानको घेरामा छन् । अख्तियारले उनलाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा उनी निलम्बनमा परे ।

उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अ’भियुक्तलाई धरौटीमा रिहा गर्न निजहरूसँग घुस लिएको विषयमा अख्तियारले भ्रष्टाचारजन्य कार्यमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्