पुस तीन गतेबाट ‘नेपाल आइडल’ सिजन–३ सुरु

सिङ्गिङ् रियालिटी शो ‘नेपाल आइडल’ सिजन–३ को प्रशारण मिति तय गरिएको छ । नेपाल आइडल सिजन–३ पुस ३ गतेबाट प्रशारण हुने आयोजकले जनाएको छ ।
सिजन–३ को अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेको छ ।
यो सिजनमा पनि निर्णायकमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन्
यसअघिका दुई सिजनमा ‘शो’ को होस्ट गरेकी रिमा विश्वकर्मा यो सिजनमा देखिने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ शोतर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतको भनाइ छ ।
‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।