Logo

मासिक ४९ हजार किस्तामा कार निकाल्न पाइने


कियाको एसयूभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना ल्याएको हो ।
यो योजना अन्तर्गत मासिक किस्ता न्यूनतम ४८ हजार ३८० रुपैयाँ तिरेर कियाको स्पोर्टेज कार पाइने कम्पनीले जनाएको छ । शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार खरिदका लागि मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गनुपर्ने कम्पनीले जनाएको छ । बाँकी आठ वर्षसम्म किस्ताबन्दीमा तिर्न पाइनेछ ।

देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयूभी खरिद गर्दा किस्ताबन्दी सुविधा पाइने कम्पनीले जनाएको छ ।

राजधानी उपत्यकामा गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन पर्याप्त मात्रामा सर्भिस सेन्टरको व्यवस्था गरेको समेत कम्पनीले जनाएको छ ।
किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि मात्रै भएको कम्पनीले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्