१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त महिला फुटबलको फाइनल भोलि सोमबार हुँदैछ । फाइनलमा आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पोखरा रंगशालामा खेल दिउँसो १ बजे हुनेछ । त्यसअघि महिला टोलीले बिहान पोखरा रंगशालामा अभ्यास गरेको छ ।