Logo

कविता ‘शामन्तको अनुहार’-इन्द्रकुमार श्रेष्ठ सरित्


को हो शामन्त भनेको ?
कस्तो हुन्छ शामन्त भनेको ?
कस्तो हुन्छ उसको मुहार ?
कस्तो हुन्छ उसको रंगरुप ?
त्यो बाघजस्तो हुन्छ कि
दन्त्यकथाको राक्षसजस्तो ?
मान्छेजस्तै हुन्छ कि बनमान्छेजस्तो ?
कि हुन्छ त्यो घाँस हाल्नुपनेॅ प्राणीजस्तो ?
कि निधारमा लेखिएको हुन्छ की
उसको आचरण , उसको नाम ?

राता किताबले भनेजस्तै
कता भेटिएलान् त मान्छेभन्दा फरक
मान्छेकै शोषणगनेॅ शामन्त ! महाशामन्त ?
यता खोजें छैन उता खोजें छैन
धत्! निमिट्यान्नै भएछन् कि शामन्तहरु
झूठ पो बोल्न लाग्यो कि रातो किताब ?
अँहँ ! किन झूटो बोल्थ्यो राता किताबले
मान्छे खाने षडयन्त्रमा लिप्त
पक्कै त्यो यतै कतै हुनुपछॅ
म लगातार त्यसलाई खोज्न थालें ।

काँइला काकालाई सोधें
बिखेॅ दाईलाई नि सोधें
अन्तरी माइजूलाई नि सोधें
तर अँह ! पटक्कै पत्तो लागेन ।
त्यो अनौठो जीव कता बस्छ
मलाई कसैले भनेनन्
तैपनि मेरो खोजी अभियान चलिरह्यो ।

आम्मै ! यो धैलेलाई पो थाहा छ कि ?
शामन्त र महाशामन्त यसले पो चिनेको छ कि ?
मैले प्रश्न गरिनसक्दै ऊ अथाॅत्
धैले पिलपिलाउन थाल्यो
घुँक्क घुँक्कगदैॅ मोतीझैं आँसु बहाउन थाल्यो
मेरो मन आत्तिन थाल्यो
लौन, छटपटाउन थाल्यो
हरे! किन रुन्छ यो फुच्चे धैले ?

आँखाको आँसुसँगै उसले नीलडामयुक्त पिठ्युँ देखायो
पिनको घोचाईले पटपटी फुटेको औंला देखायो
जाउलोमा बाँचेको ऊ बषॅ दिनभन्दा बढी भएछ
रातभरि नसुतेको नि त्यति नै भएछ
भात र भान्छा उसैले हेरैकै हो
स्नानगृह रातै हुने भित्रीवस्त्र नि धोएकै हो
तैपनि स्यावासी छैन, कहिल्यै सन्तुष्टि छैन
उसले पाएको दैनंदिन अपमान र पिटाई नै हो

अत्याचारले सीमा नाघे नि जाने अकोॅ ठाउँ छैन
जानका लागि साहुको ऋणबाट मुक्त हुने कुनै बाटो छैन
ऊ जन्मेको बेलामा लिएको पाँच हजार ऋण
उसको दश बषॅको अथक मिहिनेतले नि तिनॅ सकेको छैन
नबोलुँ नि कुट्छन्, बोले झन कुट्छन्
आँसुलाई हत्केलाले पुछ्दै उसले भन्यो
हजूर!भागिसभने ज्यान सिध्याई दिन्छु भन्छन्

असहायहरुको उद्धारक ऊ !
उसका आदशॅवादी भाषण सम्झिएँ मैले
छट्टु श्यालको नक्कली रुपलाई बुझें मैले
उसको अत्याचार पनि प्रष्टै देखें मैले
शामन्तको अनुहार खोज्दै हिँडेको मैले
एउटा महाशामन्तलाई बल्ल पो चिनें ।
दह्रो गरेर समातें मैले उसको हात र भने-
अब म तिम्रो आत्मा र शरीरमा घाऊ लाग्न दिन्न
त्यो दुष्टलाई तिमीमाथि अरु अत्याचार गनॅ दिन्न
तिमीमाथि गरेको अत्याचारको एकएक हिसाब त्यसले दिनुपनेॅछ
मान्छे भएर बाँच्न पाउने तिम्रो अधिकारलाई
कुल्चिन म पटक्कै दिन्न
तिम्रो अधिकार खोसिन म पक्कै दिन्न ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्