Logo

गण्डकी मेडिकल कलेजका नौ विद्यार्थी नियन्त्रणमा


प्रहरीले गण्डकी मेडिकल कलेजका ९ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीले आजदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।

केही विद्यार्थी मात्र हलभित्र गएर केही बेरमा नै निस्केका छन् । माग पूरा नभए सम्म परीक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछि ९ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विद्यार्थीलाई प्रहरीले डाडाँको नाक प्रहरी चौकीमा लगेको छ। पक्राउ परेका १ विद्यार्थीले प्रहरीले बिनाकारण आफूहरुलाई पक्राउ गरेको जनाएका छन् ।

डाँडाको नाक प्रहरी चौकीमा अहिले अन्य विद्यार्थी समेत पुगेका छन् । एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो ।   शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै परीक्षा बहिस्कार गरेका हुन् ।

शुल्क समायोजन गरिने भनिए पनि एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थी आन्दोलनरत छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्