नेकपाको औपचारिक बैठकमा दाहालको चीन भ्रमण स्थगन बारे ‘ब्रिफिङ’
काठमाडौँ — पार्टी अध्यक्षको कार्यकारी भूमिका पाएको १४ दिनपछि पुष्पकमल दाहालले बोलाएको पार्टी सचिवालय बैठकमा आफ्नो चीन भ्रमण स्थगित हुनुको कारण बारे ‘ब्रिफिङ’ गरेका छन । बैठकमा सहभागी एक नेताका अनुसार पार्टीकै अन्य नेताहरुको सुझाव र अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई विचार गरी आफू भ्रमणमा नगएको बताए । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बिहान बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्ने, भर्खरै सकिएको उपचुनावको समीक्षा र अन्य विषयमा छलफल गर्न मंसिर २३ गते सचिवालयको अर्को बैठक बस्ने र उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिने गरि औपचारिक रुपमा तीन वटा निर्णय गर्यो।