Logo

१३ औँ साग: नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दियो


काठमाडौँ। काठमाडौँ, पोखरा र जनकपुरमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि-ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका यू-२३ लाई १ सय ७३ रनको विशाल लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कष्ट ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए ।

पवन सरार्फ १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि पवन र दीपेन्द्रले ६२ रनको साझेदारी गर्दै नेपालाई बलियो योगफलमा पुर्याएका थिए । करण केसी १ रनमा नट आउट रहे । पुर्व कप्तान तथा ओपनर पारस खड्कालाई १ रनमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गरे । राम्रो सुरुवात दिएका आरिफ छैटौं ओभरको पहिलो बलमा १९ रनमा क्याच आउट भए । कप्तान मल्ल २१ रनमा बोल्ड आउट भए । उनले २० बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि विनोद भण्डारी र दीपेन्द्रले ५६ रनको साझेदारी गरेका थिए । विनोद २१ रनमा बोल्ड आउट भए । विनोदले २३ बलमा १ चौका प्रहार गरे ।

श्रीलंका लागि स्पिनर कामिन्दु मेन्डिसले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले १-१ विकेट लिए ।

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्