Logo

मेस्सीले इतिहास रच्दै छैटौँ पटक ‘बालोन डि ओर’ अवार्ड जिते


काठमाडौँ । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले इतिहास रच्दै छैटौँ पटक प्रतिष्ठित ‘बालोन डि ओर’ अवार्ड जितेका छन्। मेस्सीले छैटौँ पटक अवार्ड जित्ने क्रममा लिभरपुलका भर्जिल भान डायक, चिरप्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो तथा लिभारपुलकै साडियो मानेलाई पछि पार्दै जितेका हुन्।

मंगलबार विहान फ्रान्सको पेरिसस्थित क्यातेलेट थिएटरमा सम्पन्न विशेष समारोहमा श्रीमती र छोराहरुसंगै पुगेका मेस्सीलाई सन् २०१८ का विजेता लुका मड्रीचले अवार्ड प्रदान गरे। यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, र २०१५ मा यो अवार्ड जितेका थिए।

फोटो: बालोन डि ओर

३२ वर्षिय मेस्सीले छैटौँ पटक यो अवार्ड जितेसँगै आफ्नो लामो समयदेखिका चिरप्रतिद्वन्दी रोनाल्डोलाई पछाडि पारेका छन्। यसअघि दुवैले यो प्रतिष्ठित अवार्ड ५-५ पटक जितेका थिए। र आज घोषणा भएको अवार्डमा रोनाल्डो तेस्रो स्थानमा रहे।

यसअघि गत सेप्टेम्बरमा मेस्सीले भान डायकलाई नै पछाडि पर्दै फिफाको सर्वोत्कृष्ट खेलाडीको अवार्ड थापेका थिए।

फोटो: बालोन डि ओर

मेस्सीले अवार्ड समारोहको स्टेजमा, “१० बर्ष भएछ, मैले पेरिसमा मेरो पहिलो ‘बालोन डि ओर’ जितेपछि। म यहाँ पहिलो पटक मेरा तीन दाजुभाइहरूसँग आएको सम्झना छ, म २२ वर्षको थिएँ र मैले पाएको यो विशेष अवसरहरु मेरो लागि अकल्पनीय थियो” मेस्सीले भने।

View image on Twitter

सचेत छु, तर मलाई आशा छ कि मैले मेरो फुटबलको आनन्द अझै धेरै लिनेछु साथै यस्तो अवसरको अझै धेरै वर्ष गर्नेछु।”

संसार भरिबाट १८० पत्रकारहरुको भोटको आधारमा ‘बालोन डि ओर’ को विजेता घोषणा गर्ने गरिन्छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्