सांसद कृष्णबहादुर महराका गुरु पनि यौन काण्डमा पक्राउ !

समाचार

संसद सचिवालयकी महिला कर्मचारीलाई ज’ब’र’ज’स्ती करणीको अ’भियोगमा सभामुख पद गुमाएर डिल्लीबजार कारा’गारमा थुनामा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महराका गुरु पनि यौ’न का’ण्डमा परेका छन् ।

आफ्नै अनुयाई लाई ज’ब र ज’स्ती क’रणी गरेको अ’भियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले प’क्राउ गरेको छ । गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट प’क्राउ परेका छन्। सुनसरी चताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै प’क्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए।

जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार प’क्राउ गर्न अदालतबाट अनुमति पाएको थियो। मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो।

त्यो सु’इँको पाएलगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। प’क्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।

गिरिमाथि कात्तिक ४ गते एक महिलालाई ब’ला’त्का’र गरेको आ’रोप लागेको छ। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै ब’ला’त्का’र गरेको आ’रोप ती महिलाले लगाएकी थिइन्।

बलात्का’र’को आ’रोप लगाउने महिलाले सिद्धबाबालाई म्यासेज पठाएकी छन्, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो हो? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो?’

तर यस घ’टनामा नयाँ ट्विस्ट आएको छ। ब’ला’त्का’र’को आ’रोप लगाएकी महिलाले नै विगत ६ महिनादेखि सिद्धबाबालाई पटक पटक यति लामो च्याट गरेकी थिइन् कि, डाउनलोड गरेर निकाल्दा सो च्याट मात्र ५२ पेज पुगेको छ।

महिलाले पठाएको च्याटमध्ये एक ठाउँमा लेखिएको छ, ‘जय सिताराम हे प्राणनाथ जुन चरण चुम्न यो मन आतुर छ, ती कोमल चरणमा कोटी कोटी नमन, कसम खाएर नी लेखेसी भन्ने सोचिसिन्छ होला।

जे सजाय पनि भोग्न तयार छु। हजुरको मन त मेरो लागि कठोर छ। तर म हजुरलाई पाउन त’ड्पिरहेको छु। मेरो मनको पी’डा हजुरलाई के थाहा?’

यसरी ती महिलाले सिद्धबाबालाई भेट्न त’ड्पिएको भन्दै ‘लभ साइन’सहितका म्यासेज निरन्तर पठाउने गरेकी थिइन्। सिद्धबाबालाई आ’रोप लगाउने ती महिलाले म्यासेजमा लेखेकी छन्,

‘हे प्यारा हजुरको यादमा जुन त’रं’ग’ले मलाई छुन्छ के यो झुटो हो र? हजुरको अंगालोमा बेरिएर संसार भुल्न मन छ। थोरै माया बर्साए कस्तो हुन्थ्यो होला?’

यसरी विगत ६ महिनादेखि सिद्धबाबालाई निरन्तर म्यासेज गरेर भेट्न र चुम्न अनुनय/विनय गर्ने ती महिलाले नै सिद्धबाबाविरुद्ध ब’ला’त्का’र’को उजुरी दिएकी हुन्।

ती महिलाले एसएमएसमा बाबाप्रति आशक्ति देखाएको देखिन्छ । सिद्धबाबाले भने उनको एसएमएसको कुनै प्रतिकृया जनाएका छैनन् ।