किरात महासंघले राष्ट्रीय जनगणना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम भब्य गर्‍यो

Breaking News समाचार

-शान्ती किराँती

काठमाण्डौ-किरात महासंघले काठमाण्डौमा एक कार्यक्रम गर्दै किरात भित्र रहेको जातिहरुको सहि तथ्याङ्क हुनु पर्ने माग सहित एक बृहत् कार्यक्रम  गर्यो । आउदो ११औ जनगणनामा २०७८ मा हुन्दै छ ।

‘राष्ट्रीय जनगणना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा प्रमुख अथिती किरात महासंघको निबर्तमान अध्यक्ष पृथ्बिराज मुकारुङको प्रमुख अथिती र केन्द्रिय तथ्याङ्क बिभागका निर्देशक ढुण्डिराज लामिछाने र ईन्द्र बहादुर कार्किको बिशेष उपस्थिति सल्लाहकारहरु, अथितीहरु बुदिजिवी बर्गहरु, जनप्रतिनिधिहरु सहितको १४ जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको अतिथि लगायत सयौको सङ्ख्याको उपस्थितिमा ‘राष्ट्रीय जणगना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ गरेको थियो ।

उक्त जनगणनामा किरात महासंघ अन्तर्गत रहेको विभिन्न जातीको छुट्टै गणना हुन्दै आए पनि प्रभावकारीता हुन सकि रहेको छैन । राष्ट्रीय जनगणना २०७८ ‘मेरो गणना – मेरो सहभागिता’ सम्बन्धी जनगणना २०७८ को तयारी र आगामी योजना स्वरुप किरात समुदायमा प्रभाबकारिता होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको कुरा किरात महासंघको अध्यक्ष चन्द्रसिंह कुलुङले बताए । 

यस कार्यक्रममा जनगणना गर्दाको मुख्य समस्या र समाधान रहेको कुरा बताउदै अब आउदो दिनमा यसलाई सही तरिकाबाट गणना गर्नुपर्ने कुरा केन्द्रिय तथाङ्क बिभागका निर्देशक ढुण्डिराज लामिछानेले कार्यक्रममा प्रोजेकर मार्फत देखाए । यसपाली गणना एउटा नमुना बनाउने छौ, र सो अनुसार राज्यको स्थानीय, प्रदेश, केन्द्र तिनै तहमा विकास गर्न र भाषीक समुदाय, विपन्नता, पिछ्डिएको बर्ग लगायत सबैको विकास गर्न सजिलो हुने हुदा यस पटक-फरक प्रणाली अपनाएका छौ । हामीले नागरीकतालाई आधार नमानी मातृभाषा, पुखौलि भाषागत रुपमा विवरण संकलन गर्ने छौ । यसका लागि हामीले भाषा आयोगमा समेत सल्लाह गरेका छौ । किरात समुदायको हकमा राईको मातृभाषा नभएको कुरा भाष आयोग र किरात महासंघबाट प्रष्ट्र बुझेको कुरा लामिछानेले बताए ।

महासङ्घका सल्हाकार प्रतापसिंह नाछिरिङ, किरात रदु नाछिरिङ शाखामको अध्यक्ष तारा नाछिरिङ, किरात जेरुङ सस्थाको महासचिब लोकेन्द्र जेरुङ, किरात देवान सस्था, किरात लोरुङ समाज, किरात बायुङ मुलिखिम, नेपाल कुलुङ भाषा सस्कृती उत्थान सस्था, किरात थुलुङ सावा, किराती मेवाङ यायोख्खा, किरात बान्तवा सस्था, किरात साङ्पाङ सङ्घ, किरात याम्फु समाज, किरात खालिङ राई उत्थान सङ्घ र आठपरिया समाजका पदवाधिकारी तथा प्रतिनीधी र समुदायहरु उपस्थित थिए ।

बिगतका जनगणनामा सही जनगणना नहुँदा सही तथ्याङ्क नआउने गरेको थियो, जस्तै : उदारणका लागी  थोरै जाती हुने र भाषा बोल्ने चाही धेरै आउने प्रचलन थियो । यसै बिषयलाई कोड गर्दै सहभागीबाट जनगणना गर्ने गणकले जान अन्जान कती बिगार्ने गुनासो समेत पोखिएको थियो । र, जनगणना गर्दा सम्बन्धित जाती भएको ठाउमा सम्बन्धित जातिको गणक राक्नु पर्ने तर्क समेत आएको थियो । नेपाल सरकारले प्रत्यक १० वर्षमा गर्ने गणना बारे कार्य प्रस्तुति पछि सहभागिहरुले विभिन्न चुनौति तथा अल्पसंख्या, सुचिउन्मुख जाति, तेस्रो लिङ्गी, मातृभाषा संम्बन्धि फारममा समावेश गराउने कुरा लामिछानेले बताए । यसको समस्या बारे सहभागिहरुले प्रसस्तै प्रश्न सोधिएको थियो भने विगतका तथ्याङ्क नभई मिथ्याङ्क समेत भन्ने गरेकोले आउने राष्ट्रीय जनगणना २०७८ मा भने सबैको पहिचान हुने गरी गणना होस भन्ने चाहेको कुरा लामिछानेले बताए ।

सहभागिबाट सोधिएका जिज्ञासाका उतर केन्द्रिय तथाङ्क बिभागका निर्देशक ढुण्डिराज लामिछानेले दिईएका थिए । यस कार्यक्रम किरात महासंघको अध्यक्ष चन्द्रसिंह कुलुङको सभापती र कार्यक्रम सन्चालन सचिब नैन सेताल्छु जेरुङले गरेको थियो ।