आठ केजी सुन सहित दुई चिनिया नागरिक एयरपोटबाट पक्राउ

समाचार

राज कुमार राई,१३,मंसिर–काठमाण्डौं । अवैद्ध रुपमा ८ केजी सुन लिएर नेपाल छिरेका दुई चिनिया नागरिक बिहिबार मध्य रातको ११ बजे पक्राउ गरिएको छ ।

हङकङबाट अबैद्ध रुपमा सुन लिएर नेपाल छिरेका ति चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुको नाम एक जनाको चेन छिन्जुवङ खुल्न आएका छन् भने एउटाको नाम खुलाएको छैन ।

उनीहरुलाई अहिले सोधपुच्जको लागि गौशला प्रहरी परिसरमा राखिएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउदै गर्दा दुवैलाई प्रहरी वृत्त गौशलाले पक्राउ गरेको हो ।

अहिले थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।