Logo

पासाङ लोप्चनको तामाङ सँस्कृति र पहिचान झल्काउने नेपाली कथानक लघु वृत्त चित्र बजारमा


राज कुमार राई,१३,मंसिर–काठमाण्डौं । सेलो गायक तथा समाजका अभियनता पासाङ लोप्चनले नेपाली कथानक तामाङ सँस्कृतिमा आधारित पुनो वृत्त चित्र उतारेको छ । आफ्नो समुदायभित्र लोप हुदै गएको पुरानो सँस्कृतिलाई बचाउनको लागि लोप्चनले जब आफु युवा अवस्था हुदा क्यामेरामा कैद गरेर राखेको भिडियोलाई नमुना वृत्त चित्रको रुपमा उतारेको छ ।

यो वृत्त चित्रमा बौद्ध धर्मावलम्बीहरु भित्रको पनि विशेष गरि तामाङ समुदायमा मर्दापर्दा के के गरिन्छ, र तामाङ जातीको मुख्य सँस्कार कस्तो हुन्छ भन्ने कुरालाई कथा बस्तु बनाएर समेतिएको छ । यो वृत्त चित्र भित्र करिब २० वर्ष पुरानो लामा पुजारीहरु तथा अनुयायीहरुको कलात्मक प्रस्तुतिहरु समेतिएको छ ।

 

 

लामाहरु महिनौ सम्म गुफा बस्ने र बाहिर निस्किला विभिन्न भक्तजनहरुसँग रमाईलो गर्दै,नाच्दै घर फर्कने गरेको दृश्य यो भिडियोमा जस्ताको तस्तै देखाइएको छ । त्यो दिन हरेकको घरमा लुङदर अर्थात ध्वजा गारिन्छ । तामाङ सँस्कृति अनुसार त्यो लुङदर जति हावाले हल्लायो उत्ति नै राम्रो हुन्छ भन्ने मान्यता पनि राखिन्छ ।

लामाहरु कसरी गुफा बस्छन् र निस्कदा के के र्गछन् भन्ने कुरा यो वृत्त चित्रमा राम्रोसँग प्रस्तुत गरिएको छ । लामाहरु गुफा बाहिर निस्कदा सबै गाउँलेहरु आ आफ्नो इच्छा अनुसारको प्रसाद,छ्याङ तथा अन्य खानेकुराहरु लिएर जान्छन् । त्यो दिन जति धेरै मान्छे उत्ति नै राम्रो हुन्छ भन्ने मान्यता राखिन्छ ।

त्यसो त व्यापार व्यावसायमा राम्रोसँग जमिसकेका सेलो गायक लोप्चनले राम्रा राम्रा गीतहरु पनि दर्जनौ गाइ सकेका छन् । लोक गीत, सेलो गीत,आधुनिक गीत गरी थुप्रै विधामा गायक लोप्चनले स्वर लहरी भरि सकेका छन् । गीत सँगीतसँगै आफ्नो पुरानो र हराउदैै गएको मौलिक कला सँस्कृतिलाई पनि बचाउन मुख्य आफ्नो अभियानको रुपमा थालेको गायक लोप्चनले बताए ।

अहिलेका युवाहरु आधुनिकता तर्फतिर मात्रै लाग्यो भने अबको केहि बर्ष पछि आफ्ना सँस्कृतिहरु सबै हराएर जाने पनि लोप्चनले बताउनु भयो । यो भिडियोको कथा निर्देशन लोप्चन आफैले नै गरेका हुन ।

स्क्रीप लेखन तथा क्यामेरा निर्दशन टि.भि. जर्नालिस्ट राजु कुमार राईले गरेका हुन् भने स्क्रीप भोइस ओभर टि.भि. जर्नालिस्ट अनुषा पौडेलले गरेकी हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्