Logo

साग गेमको मिति नजिकिदा सम्म पनि पोखरा रंगशालाको काम आधा बाँकी


54 Views

घरेलु मैदानमा आयोजना भैरहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलकुदको औपचारिक उद्घाटन बाँकी रहे पनि भलिबल सुरु भइसकेको छ । प्रतियोगिताको मुख्य केन्द्रविन्दुको रुपमा रहेको महिला फुटबल हुने स्थान पोखरा रंगशाला अझै पूर्ण रुपमा तयार भएको छैन ।


रंगशालमा सिट जडान गर्ने कार्य ५० प्रतिशत मात्र पूरा भएको छ । यता पूर्णरुपमा बनि सकेको भनिएको दुबो बिच्छ्याउने काम पनि आधा बाँकी छ ।

मैदानको आधा भागको दुबो अहिले सुख्खा छ । पार्किङ पनि अहिले सम्म तयार हुन सकेको छैन ।  यता राखेपले भने मैदान पूर्णरुपमा बनिसकेको दाबी गरेको छ ।

राखेपका सदस्य सचिव रमेश सिलवालले मैदान पूर्णरुपमा हरियाली भएको र सिट जडानको कार्य केही मात्रामा बाँकी रहेको दाबी गरिरहेका छन् । साग अघिसम्म १० हजार सिट क्षमताको प्याराफिट जडान गर्ने लक्ष्य छ । महिला फुटबल मंसिर १७ बाट सोही रंगशालामा सुरु हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347