Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहको छ बाहिर अतिरञ्जित भएर समाचार आउ्छ:सुर्य थापा


प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्लेटलेट्स नचढाइएको कुरा स्पष्ट भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आज प्लेटलेट्स नचढाइएको र शल्यक्रिया पछि १ प्रकारको उपचार भइरहेको बताउनुभयो । यस्तै उहाँले बाहिर अतिरञ्जित भएर समाचार आउने गरेको भन्दै यस्ता समाचारले जनमानसमा भ्रम सिर्जना गरेको दावी गर्नुभयो ।

आज सन्चारकर्मी संग सल्लाहकार थापाले अहिले मनमोहन कार्डियो सेन्टरमा अहिले प्रधानमन्त्री एक प्रकारको उपचार भइरहेको तर, बाहिर अर्कै तरिकाले उपचार भइरहेको समाचारहरु आइरहेको दावी गर्नुभयो ।

थापाले भन्नुभयो,“प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहको छ । दैनिक सरकारी काम काजमा चासो राखेर कुराकानी गरिरहनुभएको छ । प्रधानमत्रीले आफैले चासो राखेर राजनीति र उपनिर्वाचनका विषयमा कुराकानी भइरहेको छ । बाहिर आएको खबर भन्दा प्रधानमन्त्रीको अवस्था निकै राम्रो र फरक छ”।

थापाले प्रधानमन्त्रीको डाएलाइसिस गराउनुपर्ने समस्या अहिलेको होइन र पुरानै हो भनेर जान्दा जान्दै पनि नयाँ र के -के नै हुनलाग्यो भन्ने हिसाव प्रचार भइरहेको गुनासो गर्नुभयो ।

सल्लाहकार थापाले प्रधानमन्त्रीका विषयमा अतिरन्जित समचारहरु आए, पत्रकारले नै उपचार गरे अनुसार र औषधी दिए अनुासर बाहिर आएको समाचार र भित्रको उपचारमा धेरै भिन्नता छ भन्दै प्रधानमन्त्री संग राष्ट्रिपति विद्यादेवी भण्डारीले मात्र बिहीबार भटेको र लामो समय सम्म कुरा कानी भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको शल्यक्रियपछि घाउ निको नहुन्जेल अस्पतालमै राख्नुपर्ने र अन्य संसमणको पनि जोखिम हुनेभएकाले प्रधानमन्त्री अरु केहि दिन अस्पतालमा रहन सक्ने बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्