Logo

विवेकशील नेपाली दलका उमेदवारको पसलमा बम विस्फोट


घोराही उपमहानगरपालिका–१६ का विवेकशील नेपाली दलका उमेदवार समीर वलीको चिया घरमा बम विस्फोट भएको छ । विवेकशील नेपाली दलले जानकारी दिए  अनुसार गए राति बम विस्फोट भएको र चिसा पसलमा क्षति पुगेको छ । प्रहरी घटना स्थलमा पुगिसकेको र क्षतिको विवरण सङ्कलन भइरहेको छ ।घोराही उपमहानगरपालिकाको १६ नम्बर वडामा शनिबार उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको मौन अवधिको दोस्रो दिन बम विस्फोट भएको घटना खेदजनक भएको विवेकशीलले जनाएको छ । दोषीमाथि कडा कारवाहीको माग राख्दै उमेदवारको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई अनुरोध पनि गरिएको छ । विवेकशीलले दलको मान्यता नपाइसकेकाले पार्टीले स्वतन्त्र उमेदवारी दिएका वलीलाई सघाउने निर्णय गरेको थियो ।

वली विवेकशील नेपाली दलमा सक्रिय रहनुका साथै व्यवसायमा समेत आवद्ध थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्