Logo

माओवादी केन्द्रले उप–निर्वाचन वहिष्कार, रणनीति अनुसार नै विरोध-नेता लोकराज जैशी


26 Views

नेकपा माओवादी केन्द्रले उप–निर्वाचन वहिष्कार गर्ने घोषणा गरेको छ। गोपाल किराती अध्यक्ष भएको माओवादी केन्द्रले धनगढीमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते हुने उप–निर्वाचन वहिष्कार गर्ने घोषणा गरेको हो।

असोज ३ मा सरकारलाई बुझाईएको १८ बुँदे माग पुरा नभएको भन्दै उप–निर्वाचन वहिष्कार गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष रंगनाथ ढकालले बताए। ‘पार्टीले उप–निर्वाचन वहिष्कार गर्ने निती लिएको छ’ उनले भने, ‘त्यसका लागि पार्टीका भातृ संगठनले निर्वाचन हुने क्षेत्रमा पर्चा पम्पलेट बाडँने, भित्ते लेखन र आमसभा गर्ने लगायत कार्यक्रम हुने छन्।

उनले सरकार कालापानी, लिपुलेक, लिम्पियाधुरामा भएको सीमा विवादका बारेमा सरकारले मौन विरोध गरेर समर्थन गरेको आरोप लगाए। ‘सरकारले सीमा विवादमा मौन विरोध गरेको छ’ उनले भने। ‘मौन विरोध गर्नु भनेको नै समर्थन जनाउन सरह नै हो।’

केही राजनीतिक दललाई प्रतिबन्ध लगाएर मंसिर १४ गते उप–निर्वाचनले मुलुक फेरी अशान्ति तिर जाने उनको ठहर छ। पत्रकार सम्मेलनमा पार्टीका केन्दी्रय सदस्य लोकराज जैशीले सरकारले गर्न लागेको उप–निर्वाचनलाई वहिष्कार गर्ने रणनीति अनुसार नै विरोध कार्यक्रम अगाडि बढाई सकेको जानकारी दिए। उप–निर्वाचन हुने क्षेत्रमा बाध्य वहर हड्ताल सहित अगाडि बढ्ने उनले चेतावनी दिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347