तरुणदलका युवा नेकपामा प्रवेशसँगै चुनावि अभियान समापन

राजनीति

– मान्सुङ चाम्लिङ

खोटाङ, उपनिर्वाचनको अन्तिम दिन खोटाङ जिल्लाको साकेला गापाको वडा नं.३ खिदिमामा हुने वडा अध्यक्षको उपनिर्वाचनको चहलपहल भव्य रुपमा सफल भएको छ । प्रतिष्पर्धि होइन दोस्रो मतको रुपमा हेरिएको नेका भएता पनि दिप्रुङ गाउँपालीकाका तरुणदल उपाध्यक्ष विशाल राई नेकपामा प्रवेशसँगै नेपाली कांग्रेस निद्राबाट विउँझिएका छन् । हिजो सम्म सोही युवा कार्यकर्ताको भरमा जित्ने अभियानका साथ लागिरहेको नेका आज नेकपामा आफ्नो कार्यकर्ता प्रवेशसँगै नेका आफ्नो पार्टीको अस्तित्व नै धरापमा पर्नेमा चिन्तित देखिएको छ । मा. विशाल भट्टराईको प्रमुखत आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशाल जनसागरको उपस्थिति भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विनोद राईले बताए ।

चुनावी अभियान समापनको क्रममा मा. रामकुमार राई, मा. दुर्गाजयन्ति राई, जिल्ला समन्वय अध्यक्ष बबि चाम्लिङ,जिल्ला पार्टी सचिव राम दंगाल, सचिवालय सदस्य दीप नारायण रिजाल, विना राई, राष्ट्रिय युवा संघ नेपालका युवा नेताहरु प्रभात कटुवाल, विनोद राई संसार, विद्यार्थी नेता खेमराज राई लगायतका नेताहरु तथा स्थानिय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जनताको उपस्थिित र उत्साहले नेकपा उम्मेदवार अध्याधिक बहुमतका साथ विजय हुने जनताहरुले अभिव्यक्त गरेको युवा नेता विनोद राईले बताए । युवाहरुको विकल्पको पार्टी नेकपा मात्र भएको हुनाले अरु पार्टीहरु त्यागी नेकपामा आसा र विश्वासका साथ प्रवेश गरेको विशालले बताए ।

आगामी मंशिर १४ मा हुने निर्वाचनमा नेपालभर ५२ स्थानमा निर्वाचन हुँदैछ जसमा प्रतिनीधिसभा १ कास्कीमा, प्रदेशसभा ३ भक्तपुर, बाग्लुङ र दाङमा सम्पन्न हुँदैछ । निर्वाचनको माहोल हेर्दा प्राय सबै स्थानमा जित्ने वातावरण तयार भएको देखिन्छ भने नेपाली कांग्रेसले आफुले जितेको स्थानहरु गुमाउने निश्चित जस्तै देखिन्छ ।