सवालहरु पहिचान, क्षमता र नेतृत्व विकास आवश्यक

मुख्य खबर समाचार

– गीता तामाङ

ललितपुर, आदिवासी जनजाति महिला युवा संजालद्धारा संचालन गरिएको समसामयिक विषय युवा महिलाहरुको सवाल पहिचान ललितपुर जिल्लाको सानो गाउँमा संचालन गरिएको कार्यक्रममा ९ बढी समसामयिक सवालहरु पहिचान गरिएको छ । खासगरी आदिवासी जनजाति महिलाहरु धकाउने, आत्मविश्वास नभएको, वारिवारीक गतिविधिमा मात्र समय दिएको हुनाले सरकारी स्रोत साधनहरु, राजनीतिक सहभागीताहरुमा कम सहभागीता भएको निष्कर्ष आएको छ ।

छलफल कार्यशाला कार्यक्रममा खासगरी बोल्न सक्ने क्षमताको विकास, प्रस्ताव लेखन तालिम, प्रतिवेदन लेखन तालिम, सरकारी स्रोत साधनहरुको बारेमा चेतना, पहुँचको लागी सरकारी निकायहरुसँग समन्वय, परम्परागत सिप विकास तालिम, आयमुलक कृषि तालिमहरु, ढाका बुनाई, हाकुपतासी तालिम लगायतका विषयहरुमा सहभागीहरुले आवश्यक क्षमता विकास रहको निष्कर्ष निकालेका छन् । यसलाई संजालले आवश्यक कार्यान्वयको लागी आवश्यक पहल गरिने अध्यक्ष रिसाा श्रेष्ठले बताउनु भयो ।