नेपाली समाजवादी क्रान्तिका आधारभूत कार्यक्रम

Breaking News मुख्य खबर

-भाई किराती 

नेपाली राजनीतिक परिवेशमा केही समय यता एउटा भाषा जबर्जस्त बजारीकरण गरिएको छ । त्यो हो “नेपाली मौलिकताको राजनीति ।” के हो त नेपाली मौलिकताको राजनीति ? ब्राह्मणवादमा आधारित नश्लीए एकाधिकार चरित्रलाई पनि नेपाली मौलिकताको राजनीति भन्ने गरिएको छ ।

 

हिन्दु धर्मको वर्ण व्यवस्थामा आधारित जातीय विभेद सहितको फोहोरी खेललाई पनि नेपाली मौलिकताको राजनीति भनी दावी गरिएको पाइन्छ । संवैधानिक राजसंस्थामा आधारित व्यवस्थालाई पनि नेपाली मौलिकताको भनिएको पाइयो । यी सबैको उच्चतम खेलमैदान भने संसदीय व्यवस्था नै हो । भने धार्मिक नित्य कर्ममा आधारित राजनीति पनि अस्तित्वमा छ । नेपालमा त्यसैको रक्षार्थ धेरै कसरतहरु भईरहेका छन ।

र पहिचान आन्दोलनलाई निमोठ्ने काम हुँदै आएको कुरा कहिँकतै छिपेको छैन । वास्तविक नेपाली मौलिकताको राजनीति भनेको नेपाली कम्युनिस्ट आन्दोलनको बिशिस्ट मोडमा माओवादी आन्दोलनद्वारा स्थापित पहिचान सहितको आन्दोलन हो । अथवा पहिचान आन्दोलन, नेपाली मौलिकताको महत्वपूर्ण राजनीतिक कार्यक्रम हो । जो मालेमावादको नयाँ संश्लेशीत कार्यक्रम भन्दा उचित होला । तसर्थ आफ्नै मौलिकताको राजनीति चाहिँ मालेमावादी सिद्धान्तमा आधारित पहिचान सहितको राजनीति नै हो । जस्ले आम उत्पीडित समुदायको मुक्तिको निम्ति झण्डा उठाइरहेको छ ।

नेपाली समाजवादी क्रान्तिको उच्चतम आधारभूत कार्यक्रम हुनेछ । जस्ले सबै जाति, धर्म, संस्कृति, परम्परा र ऐतिहासिक महत्वको सम्बोधन गर्दै नेपाली मौलिकताको प्रत्याभूत मात्र होइन यसलाई एक राष्ट्रिय पुँजीको रुपमा रक्षा र बिकास गर्ने निश्चित छ ।

नेपालमा महान दसवर्षे जनयुद्धको उपलब्धि स्वरुप संघीय गणतन्त्रको संस्थागतसँगै उत्पीडित जातिहरुको पहिचानमा आधारित ऐतिहासिक महत्वको साँस्कृतिक चाड पर्वहरुमा राज्यले दिँदै आएको सार्वजनिक बिदाहरु कथित बाम गठबन्धनको सरकारले कुनै बिकल्प बिना नै कटौती गर्नुले धर्म निरपेक्षता माथि हुँडारी शैलीमा हमला भएको प्रष्ट छ । मानौँ सस्तो लोकप्रियताको लागि देशमा राष्ट्रिय बिदाहरु धेरै भए भन्दैमा हिन्दु संस्कृतिक महत्वको पर्वहरुमा दिइने सार्वजनिक बिदाहरुलाई यथावत राखेर उत्पीडित समुदायको धज्जी उडाउन पाइदैन ।

बरु बिकल्पहरु धेरैछन, सबै पर्वहरुलाई राष्ट्रिय पर्वकै मान्यता दिँदै, पर्व अनुसार आम समुदायलाई अनिवार्य नगरी संबंधित समुदायको निम्ति मात्रै सार्वजनिक बिदा कायम गर्नु पर्दछ । जस्तै दशैँ, तिहार पर्वमा हिन्दु समुदायलाई मात्र सार्वजनिक बिदा दिने ब्यवस्था गर्नु पर्दछ । त्यसैगरी विभिन्न लोसार पर्वहरुमा संबंधित समुदायलाई, उभौली-उधौली पर्वमा संबंधित समुदायलाई, माघी पर्वमा संबंधित समुदायलाई, ईद, रम्जान पर्वमा संबंधित समुदायलाई, क्रीसमश पर्वमा संबंधित समुदायलाई, बुद्धजयन्तीमा संबंधित समुदायलाई मात्रा सार्वजनिक बिदाको ब्यवस्था गर्नु पर्दछ ।

जसले गर्दा राज्यद्वारा जनताले पाउने सरकारी तथा गैरसरकारी कार्यालयका हरेक कामकाजहरुमा कुनै वाधा पर्ने छैन । यो नै नेपाली समाजवादी क्रान्तिको उच्चतम आधारभूत कार्यक्रम हुनेछ । जस्ले सबै जाति, धर्म, संस्कृति, परम्परा र ऐतिहासिक महत्वको सम्बोधन गर्दै नेपाली मौलिकताको प्रत्याभूत मात्र होइन यसलाई एक राष्ट्रिय पुँजीको रुपमा रक्षा र बिकास गर्ने निश्चित छ । तर यो काम खाँटी कम्युनिस्ट बिचार र कार्यक्रमद्वारा मात्र संभव हुन्छ । विडम्बना, नेपालमा कम्युनिस्ट बिचार नै धराशायी अवस्थामा पुर्‍याइएको छ । यस विषयमा सोशल डेमोक्र्याटहरु भने सधै प्रतिगामी कित्तामा उभिने गर्दछ्न ।