Logo

आदिवासी महिलाहरुको सवाल पहिचानबारे गोष्ठी सम्पन्न


 रिता श्रेष्ठ

सिन्धुपाल्चोक, नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कुलआदिवासीहरुको जनसंख्या ३५ प्रतिशत देखाएता पनि कुलजनसंख्या आदिवासीजनजातिहरुले ४० प्रतिशत दावी गर्दै आएका छन् । तर पनि ३५ प्रतिशतलाई नै आधार मान्ने हो भने पनि आदिवासी महिलाहरुको राज्यमा सहभागीता १० प्रतिशत पनि रहेको छैन ।

यसकारण आदिवासीजनजाति महिला, युवाहरुलाई चेतना जगाउँदै, नेतृत्वको विकास गर्दै राज्यमा पहुँच पुर्याउनको लागी आदिवासीजनजातिहरुको सवाल पहिचानगोष्ठी सम्पन्नभएको छ । जसमा सिन्धुपाल्चोक जिल्लाको थामी महिला समूदायहरुलाई लक्षित गरी तातोपानीमा सम्पन्नभएको छ ।

खासगरी थामीआदिवासीजनजाति महिलाहरुलाई लक्षित गरिएको कार्यशालामा करिब ३० बढी युवा महिलाहरुको सहभागीता रहेको सुभ मान्सुङले बताए ।कार्यशालामा पहिचा नभएको सवालहरुलाई आगामीदिनहरुमा राज्यको सबै निकायहरु स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार सबैमा पैरवी र लवी गरेर अधिकार स्थापना गर्न आवश्यक पहल गरिने संजालकी अध्यक्ष रिता श्रेष्ठले बताइन ।

कार्यशालाबाट मातृभाषामा शिक्षा, भूमिका अधिकार जसमा आदिवासी भूमी र महिलाको भूमिमा अधिकार, चेतनामूलक कार्यक्रमहरु, क्षमताअभिवृद्धि तालिम, नेतृत्व विकास तालिमल गायत महिलाहरुलाई आवश्य पहिचानभएको समूदायीकी  युवामहिला हिरा थामीले बताइन ।कार्यशालाबाट आएको सवालहरुलाई आवश्यक  कार्यान्वयनको लागीपहल गरिने अध्यक्ष श्रेष्ठले बताइन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्