Logo

गायीका लिला राई र रिना राईको जोडीको मिठो अन्तरबार्ता (भिडियो सहित)


39 Views

६,मंसिर–काठमाण्डौं । आम दर्शक स्रोताले अत्याधिक रुपमा रुचाएका चर्चित लोक आधुनिक गायीका लिला राई र रिना राई एकै साथ मिडियामा आएका छन् । गीत संगीत क्षेत्रमा एकै सारथी भएर सँगै यात्रा गरेका यी जोडी बुधबार एकै साथ मिडियामा आएका हुन् । अन्तावार्तामा यी जोडीले निकै रमाईला र दर्शकले रुचाएका मीठा मीठा गीत सुनाएका थिए ।

धरान धनकुटा भेडीटार गीतले गायीका लिला राईलाई केही समयदेखि यता निकै चर्चाको शिखरमा पु¥याउदै आएका छन् भने गायीका रिना राईलाई हामी त हजुर पूर्वको वासिन्दा गीतले दर्शक स्रोता माझमा चिनाउदै आएका छन् । गायीका लिला राईको धरान धनकुटा भेडीटार गीत अहिले पनि युवा ठिटादेखि बुढापाखा सम्मको जिब्रोमा झुण्डीने गर्छन् ।

हरेक युवापाखाहरुले विभिन्न मेला पात हात बजार र महोत्सवहरुमा यो गीत नगाइ छोड्दैनन् । गायीका रिना राईको हामी त हजुर पूर्वको बासिन्दा,मन दख्छ नी हौ आफनैले नचिन्दा बोल्को गीत पनि उत्तिकै बजारमा चर्चा छन् । यो गीतले राम्रैसँग गायीका रिना राई भनेर बजारमा चिनाएको छ । गीत संगीत जीवनका दुःख र सुःख बिसाउने एउटा शितल चौतारी हो भनेर यी जोडीले एउटै शब्दमा परिभाषा दिएका छन् ।

भोजपुर जिल्लामा जन्मेर राजधानी काठमाण्डौंलाई आफ्नो सांगीतिक कर्मथलो बनाएकी गायीका लिला राईले सयौं गीतमा स्वर लहरी भरिसकेका छन् । गायीका राईको सबै गीत उत्तिकै दर्शकको रोजाईमा परेका छन् । शान्त र शालिन स्वभाव तथा मिलनसार गायीका राई आफ्नो वाल्यकालमा निकै चुलबुली भएको बताउछिन् ।

ईलाम झापामा जन्मेर सुनसरीलाई आफ्नो कर्मथलो बनाएकी गायीका रिना राई भने केही समय मिडियामा हराएका थिए । आफ्नो घरायसी र परिवारिक समस्याले केही समय गीत संगीत र मिडियाबाट ओझेल भएकी गायीका रिना राई अब भने निरञ्तर फेरि नयाँ जोस जाँगरका साथ आफ्नो दर्शक स्रोता माझमा आउने बताछिन् ।

समय अनुकुल नमिल्नु र जोसँग काम ग¥यो उसले राम्रो साथ नदिएकोले गाई सकेको गीत पनि बजारमा ल्याउन नसकेको उनले बताइन् । झुल्के घामसँगै, भावीले लेखेको,बगी रहने पानी,पूर्वको बासिन्दा जस्ता थुप्रै गीत गायीका राईले गाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347