पुजा शंकरले ल्याए गीत, वर्षा सपुत रन्किए

कला/साहित्य समाचार

मान्सुङ चाम्लिङ

नेपाली संगितका युवा गायिक पुजा सुनुवार सदाबहार र सृजनाका बहारले परिचित नै छिन । देश, परदेश र विदेश धाउँदै जनताका मन खुशी पार्न सफल गायिका पुजाले नयाँ भिडियो हुन्छ भनन्, गीत बजारमा ल्याएकी छिन । गायिकाले आफ्नो स्वरका साथ डेविड शंकरसँगै गाएको गीतमा चर्चित नायिका वर्षा राउत र चर्चित गायक, नायक प्रकाश सपुतले अभिनय गरेका छन् ।

 

हुन्छ भनन्, भन्ने आग्रह गरिएको गीतले नेपाली युवाहरु परदेशियको अवस्थामा मायालु प्रेमीकाले आफ्नो प्रेमीलाई विदेश नजान आग्रह गरिएको भाव बुझिन्छ । यस गीतले नेपालको वास्तविक चरित्र चित्रण गर्दै नेपाल निर्माण अभियान विदेश गएर होइन, स्वदेश मै बसेर गर्नुपर्ने सन्देश दिएको पाइन्छ । साथै महिलाहरुले नै परदेश र विदेश जानबाट नेपाली पुरष युवाहरुलाई सम्झाउन सक्ने सन्देश दिएको छ ।

गायिका पुजाले विभिन्न मातृभाषाका गीतहरुको साथै चलचित्र, लोकगीत, आधुनिक लगायत सबै किसिमका विधाहरुमा सृजना गरेर नेपाली गीत संगीतलाई अमर तुल्याउँदै आफु पनि अमर भएकी छिन् । आगामी दिनहरुमा पनि हरदम पाइलाहरुले सफलता चुमीरहोस हार्दिक शुभकामना छ ।