Logo

समाज विकासको क्रम शुरुवात, अपाङ्गताको परिचयपत्र वितरण


 मान्सुङ चाम्लिङ

सिंहदरवारको अधिकार जनताको घरदैलोमा भनने नारालाई नेकपा सरकारले कार्यान्वयन गर्न शुरु गरि रहेको छ । जसमा जन्मिए पश्चात धेरै अपाङ्गहरु मृत्युवरण समेत भए ।  हालसम्म कुनै अपाङ्ग परिचय पाएका थिएनन् ।

तर हालको संघिय सरकारको कार्यान्वयनसँगै नेकपा को सरकारले ल्याएको स्थानिय सरकारको कार्यान्वयनको क्रमसँगै खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा खोटेहाङ दिगो विकास र समृद्धि हाम्रो अभियान भन्ने मुल नाराको साथ सबै ९ वटै वडाहरुमा अपाङ्गता जनताहरुलाई शिविर संचालन वाप्लुखा वडा नं.२ बाट शुरु भएको वडा अध्यक्ष दिपेन थुलुङ राईले जानकारी गराउनु भयो ।

पालीकाको अध्यक्ष प्रदिप राईबाट परिचयपत्र वितरण शुभारम्भ गरिएको कार्यक्रममा २१ जनालाई वितरण गरिएको थियो । वितरणको क्रममा डा. सरोज साह, स्वास्थ्य संयोजक खोटाङ पालीका यदु कुमार वस्नेत, पालिका स्तरिय अपाङ्ग समिति संयोजक तथा उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराई, वडा अध्यक्ष दिपेन राई, महिला विकास प्रतिनीधि सृजना भट्टराई लगायत अगुवा समाजसेवी रहेको वडा अध्यक्ष दिपेन राईले बताए ।

अपाङ्ग परिचय पत्र विरतणसँगै अपाङ्ग भएका व्यक्तिहरुलाई राज्यले दिने सेवा सुविधाहरु प्राप्त गर्न सजिलो हुने अध्यक्ष राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्