Logo

बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको:राष्ट्रपति गोतावया राजापाक्ष


श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्म स्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओली सँग भेट हुने अपेक्षा गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् ।

राजापाक्षले भनेका छन्–”भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु” ।

श्रीलंकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ पूर्वरक्षामन्त्री गोतावायाले चुनाव जितेका थिए । बुद्धमार्गी उनले यसअघि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण समेत गरेका थिए ।

सोमवार प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाइ दिँदै आफू घनिष्ट सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्