Logo

किन भारतले लगायो टर्की, मलेशिया र इरानका च्यानल प्रसारणमा रोक ?


नयाँ दिल्ली । भारतको सूचना प्रसारण मन्त्रालयले आइतबार काश्मीरका केबल अपरेटरलाई टर्की, मलेशिया र इरानका कुनै पनि च्यानल प्रसारण नगर्न निर्देशन दिएको छ ।

श्रीनगरमा सूचना विभागका सिनियर अधिकारी विक्रम सहायले केबल अपरेटर सँग बैठक गरेर सो निर्देशन दिएका हुन् । अपरेटरहरुका अनुसार ती अधिकारीले केबल टेलिभिजन नेटवर्क(रेगुलेसन) एक्ट १९९५को हवाला दिँदै कानुन व्यवस्था बनाइ राख्न यसको पालना हुनु जरुरी रहेको जनाएका थिए ।

काश्मीर मामिलामा ती देशहरुले पाकिस्तानलाई साथ दिँदै आएकाले भारतले सो निर्देशन दिएको अनुमान गरिएको छ । (बीबीसी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्