Logo

नेकपा (माओवादी केन्द्र) उपनिर्बाचन बहिष्कार संगसंगै पार्टी बिस्तार गर्दै


बारा , काठमाण्डौ – साझेदारीको नयाँ नेपाल संस्थागत गर्न उत्पीडित बर्ग, जाती, क्षेत्र, महिलाको संयुक्त राज्यसक्ता निर्माण तथा समाजबादी राष्ट्रिय एकीकरण पहल गर्न जनताको घरदैलोमा नेकपा (माओबादी केन्द्र०), प्रदेश नम्बर २ मा अभियान जारी छ ।

नेकपा (माओवादी केन्द्र०), प्रदेश नम्बर २ अध्यक्ष बब्लु सिंह, केन्द्रिय सदस्य तथा किरामुमो उपाध्याक्ष सुमन बाङ्देल, केन्द्रीय सदस्य रोशन राना लगायत प्रदेश नम्बर २ का नेता तथा कार्यकर्ता छन ।

शान्ती र साम्यवादका निम्ति उपनिर्वाचन बहिष्कार गर्दै हाम्रो पार्टिको बैचारिक तथा संगठनका अभियान रहेको कुरा केन्द्रिय सदस्य सुमन बाङ्देलले बताए ।

महान नेता माओले भनेको छन ‘जनताको माझ र जनताको घर एक उत्कृष्ट बिश्वबिद्यालय हो, जहाँ कुनै बिश्वबिद्धालयमा यस्तो शिक्षा पढाइ हुन्दैन’। त्यस्तै गरि नेकपा (माओबादी केन्द्र०) पार्टीले जनताको घर दैलोमा अभियान गरि रहेको छन ।

हाम्रो पार्टिले भिते लेखन, प्रचार-प्रसार, जनतासंग साक्षरता, पार्टिको बिचार र दर्शन, सडकमा कोण सभा हुन्दै प्रदेशस्तरिय एक बृहत् कार्यक्रम रहेको कुरा प्रदेश नम्बर २ का अध्यक्ष बब्लु सिंहले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्